logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • कुलमानको विषयलाई लिएर संसद अवरोध गर्नु गलत: काँग्रेस महामन्त्री शर्मा

    931Shares
    कुलमानको विषयलाई लिएर संसद अवरोध गर्नु गलत: काँग्रेस महामन्त्री शर्मा

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद अवरोध गर्नु गलत भएको बताएका छन् ।

    बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । महामन्त्री शर्माले सरकारले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीहरुको माग गलत भएको बताए । अदालतमा गइसकेको विषयलाई लिएर प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ माग गर्नु भविष्यका लागि गलत सन्देश जाने उनको भनाइ छ ।

    महामन्त्री शर्माले केही महिना मात्रै पदावली बाँकी रहेका घिसिङलाई पदमुक्त गर्दा नकारात्मक सन्देश गएको पनि बताए । उनले घिसिङलाई हटाएका कारण प्रतिपक्षले संसद अवरोध गर्दा महत्वपूर्ण अध्यादेशहरु संसदमै थन्किने आशंका व्यक्त गरे ।

    संसदबाट अध्यादेश पारित गरी राष्ट्रपतिबाट प्रमाणिकरण गर्नुपर्ने समय सीमा ज्यादै थोरै भएकाले प्रतिपक्षीको संसद अवरोधका कारण प्रभावित भएको उनको भनाइ छ । महामन्त्री शर्माले कुलमान घिसिङलाई पदबाट नहटाउन आफूहरुले सरकारलाई सल्लाह दिएको तर त्यो कार्यान्वयन नभएको बताए ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट