logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • त्रिविका ६२ मध्ये ४३ आंगिक क्याम्पसको स्ववियु निर्वाचनकाे नतिजा कस्ताे  ?

    1KShares
    त्रिविका ६२ मध्ये ४३ आंगिक क्याम्पसको स्ववियु निर्वाचनकाे नतिजा कस्ताे  ?

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्ववियु निर्वाचनको आधिकारिक तथ्यांक विश्वविद्यालयसँग छैन । विद्यार्थी संगठनहरुले आ आफ्नै दावी प्रस्तुत गरिरहँदा ६२ वटा आंगिक क्याम्पसमध्ये ४३ वटा क्याम्पसको आधिकारिक नतिजा भने सार्वजनिक भइसकेको छ ।

    उपत्यकाका २२ र बाहिरका ३९ क्याम्पसमध्ये ४३ वटा क्याम्पसमा निर्वाचन सम्पन्न भएर नतिजा आइसकेको छ । उपत्यकाको रत्नराज्यलक्ष्मी,त्रिचन्द्र र नेपाल ल क्याम्पसमा निर्वाचनको मिति तोकिएको छ ।

    प्रमुख दुई विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियुले संयुक्त विज्ञप्तिमार्फत निर्वाचन हुन बाँकी क्याम्पसमा एकै मितिमा निर्वाचन गर्न आग्रह गरेका छन् । अब त्रिविका १९ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन बाँकी छ । तीमध्ये काठमाडौं उपत्यकामा मात्र ९ वटा छन् ।

    आंगिक क्याम्पसहरुबाहेक त्रिविसँग अरुको विवरण छैन । देशकै ठूलो र धेरै विद्यार्थी रहेको पृथ्वीनारायण क्याम्पस पोखराको मतगणना सोमवार मध्यरातमा सकिएसँगै ४३ क्याम्पसको परिणाम आएको हो ।

    पछिल्लो परिणाम अनुसार नेविसंघले १५ वटा क्याम्पसमा सभापति जितेर पहिलो स्थानमा छ भने अनेरास्ववियुले १४ वटा क्याम्पसमा सभापति जितेको छ । त्यस्तै अखिल क्रान्तिकारीले ८ क्याम्पसमा सभापति जितेकोमा चितवन इन्जिनियरिङका स्वतन्त्र सभापतिको प्रवेशपछि ९ पुगेको छ ।

    पद्मकन्यामा नेविसंघका बागी प्यानलले स्वन्त्रबाट जितेसहित अब स्वतन्त्र समूहका सभापतिको संख्या ४ कायम भएको छ भने जसपानिकट समाजवादी विद्यार्थी युनियनले एक आंगिक क्याम्पसको सभापति जितेर शाख जोगाएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट