पर्सा । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२.०१ प्रतिशतले बढी हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ । बितेका आठ महिनामा २८ अर्ब १९ करोड रुपैयाँ बराबरको १३ करोड ४७ लाख १० हजार १४२ रुपैयाँ लिटर भटमासको तेल निर्यात भएको हो ।
यसैगरी, चार अर्ब ८८ करोड रुपैयाँ बराबरको जुस र तीन अर्ब ६८ करोड रुपैयाँ पर्र्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया