logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • ९ बुँदे काठमाण्डाै घोषणापत्र जारी गर्दै प्रथम राष्ट्रिय पानी सम्मेलन सम्पन्न

    1KShares
    ९ बुँदे काठमाण्डाै घोषणापत्र जारी गर्दै प्रथम राष्ट्रिय पानी सम्मेलन सम्पन्न

    ठमाण्डाै । प्रथम राष्ट्रिय पानी सम्मेलनले जलस्रोतको दिगो उपयोग, संरक्षण, व्यवस्थापन र नियमन गर्ने प्रतिबद्धतासहित नौ बुँदे काठमाण्डाै घोषणापत्र जारी गरेको छ ।

    अस्ति र हिजो काठमाण्डौमा चलेको सम्मेलनले जलवायु परिवर्तनका कारणले पारेको प्रभावलाई न्यूनीकरण गर्न प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । घोषणापत्रमा नवीनतम प्रविधिको अवलम्बन एवम् जलवायु उत्थानशील कार्ययोजनामार्फत पानीको समुचित उपयोग तथा संरक्षण गर्दै खानेपानी, सिँचाइ, जलविद्युत् लगायतका जलस्रोतका क्षेत्रमा दिगो संरचना विकास र सेवा प्रवाह गर्ने उल्लेख छ ।

    जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्व तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा प्रथम राष्ट्रिय पानी सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले तीन तहका सरकारबीचको समन्वय र सहकार्यसहित एकीकृत नदी बेसिन योजना अनुसार जल सुशासन हुने गरी जलस्रोतको दिगो उपयोग, संरक्षण, व्यवस्थापन र नियमन गर्ने प्रतिबद्धता जनाएको छ ।

    वातावरणीय सन्तुलन कायम राख्न, प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्न, तथा जलस्रोतको उचित उपयोग र संरक्षण गर्न एवम् जलस्रोतमा प्रदूषण हुन नदिन प्रतिबद्धता व्यक्त गरेको आयोगका सचिव मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ११, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट