logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • अस्कल क्याम्पसमा आज स्ववियु निर्वाचन

    937Shares
    अस्कल क्याम्पसमा आज स्ववियु निर्वाचन

    काठमाडौँको अमृत साइन्स क्याम्पस.लैनचौर (अस्कल क्याम्पस)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयनका लागि मतदान भइरहेको छ।

    स्ववियुको नयाँ नेतृत्व चयनका लागि अहिले विद्यार्थीहरू धमाधम मतदान गरिरहेका छन्। भित्र निर्वाचन चलिरहँदा क्याम्पस हाताभित्र मतदाताबाहेक अन्यलाई प्रवेश दिइएको छैन। यहाँ आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएकाे हाे। अस्कलमा चैत ५ गते तय भएको निर्वाचन विद्यार्थी संगठनबीचको विवादका कारण स्थगित भएको थियो।

    अखिल क्रान्तिकारीले तालाबन्दी गरेपछि गएको चैत ५ गते यहाँ निर्वाचन हुन नसकेको क्याम्पस प्रशासनले जनाएको छ। विद्यार्थी संगठनहरुबीच सहमति भएपछि आज निर्वाचन भएको हो। अस्कलमा तीन प्रमुख राजनीतिक दल निकट विद्यार्थी संगठन एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा होमिएका छन्।

    कांग्रेस निकट नेविसंघबाट राजुल लामिछाने, एमाले निकट अनेरास्ववियुबाट रूद्रहरि पोखरेल र नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) बाट विश्राम शर्मा पौडेल अध्यक्षका उम्मेदवार बनेका छन्।अस्कलमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको हो। परिणाम आजै साँझ आउने विद्यार्थी नेताहरूले बताएका छन्।



    फास्ट न्युज    
  • २०८१ चैत्र १०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट