logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता पक्राउ

    1KShares
    प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता पक्राउ

    हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँतालाई प्रहरीले पक्राउ गरेको छ ।

    भरतपुरबाट पक्राउ परेका उनलाई अहिले हेटौंडा ल्याउँदै गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा हिजो उनले प्रचण्डको तस्बिर जलाएका थिए ।

    जिल्ला अधिवेशनमा मन्तव्य दिने क्रममा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव रहेका उनले बोल्दाबोल्दै प्रचण्डको तस्बिरमा लाइटर पारेका थिए ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट