logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • विभिन्न भिसाको प्रलोभनमा नपार्न कन्सल्टेन्सीलाई शिक्षा मन्त्रालयको निर्देशन

    916Shares
    विभिन्न भिसाको प्रलोभनमा नपार्न कन्सल्टेन्सीलाई शिक्षा मन्त्रालयको निर्देशन

    काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक शैक्षिक सेवा उपलब्ध गराउँदा फ्रि भिसा, रोजगारीको ग्यारेन्टी तथा डिपेन्डेन्ट भिसाको प्रलोभनमा नपार्न कन्सल्टेन्सीहरुलाई निर्देशन दिएको छ ।

    शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा र तयारी कक्षा सञ्चालनको लागि स्वीकृति प्राप्त गरेका संस्थाहरूको नवीकरणको काम भइरहेको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले अनुमति नलिइ शैक्षिक मेला, भेला तथा प्रदर्शनीलगायतका कार्यहरू नगर्न चेतावनी पनि दिएको छ ।

    अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी अध्ययनका लागि सिफारिश नगर्न पनि मन्त्रालयले कन्सल्टेन्सीहरूलाई भनेको छ । मन्त्रालयले विद्यार्थी तथा अभिभावकहरूलाई वैदेशिक शैक्षिक परामर्शका लागि अनुमति पाएका संस्थाहरूबाट मात्र परामर्श लिने आग्रह गरेको छ । अध्ययन गर्न चाहेको शिक्षण संस्थाले उपलब्ध गराउने उपाधि, तह र अवधिको समकक्षता तथा वैधानिकताबारे जानकारी लिन मन्त्रालयको आग्रह छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट