logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • कांग्रेस बलियो भएमात्रै लोकतन्त्र सुदृढ हुन्छ : सभापति देउवा

    901Shares
    कांग्रेस बलियो भएमात्रै लोकतन्त्र सुदृढ हुन्छ : सभापति देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् ।

    बिहीबार ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको छैटौँ केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा सभापति देउवाले जनताका कारण कांग्रेस लोकप्रिय पार्टी बनेको बताए । कांग्रेसलाई बलियो बनाउन शुभेच्छुक संस्थाहरू बलियो हुनुपर्ने उनको भनाइ छ ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले लोकतन्त्रमा मात्रै सबैका अधिकार सुरक्षित हुने भएकाले यसमा ध्यान दिन आग्रह गरे ।उनले भने ,“नेपालका भूतपूर्व सैनिक साथीको समस्या नभएको होइन, यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ । नेपाली भूतपूर्व सैनिकमा पेन्सनको जुन विभेद् छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ ।”



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार