logo

२०८३ असार ८ सोमबार

logo
  • २०८३ असार ८ सोमबार
  • सबै अमेरिकीका लागि कर कटौती हुन्छ, ग्रीनल्यान्डलाई अमेरिकाको हिस्सा बनाइन्छ: ट्रम्प

    1KShares
    सबै अमेरिकीका लागि कर कटौती हुन्छ, ग्रीनल्यान्डलाई अमेरिकाको हिस्सा बनाइन्छ: ट्रम्प

    वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै आफूले पहिलो चरणका काम भर्खरै शुरुआत गरेको बताउनुभएको छ । राष्ट्रपतिमा नियुक्त भएको ६ महिनासम्म उथलपुथलका काम गरिरहेका ट्रम्पले आफ्नाे काम भर्खरै शुरू भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

    सम्बोधनका क्रममा ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि वार्ता गर्न तयार रहेको भन्दै लेखेकाे पत्रको आफूले कदर गरेको उल्लेख गर्नुभएको छ । उहाँले अमेरिकामा सबैका लागि कर कटौती हुने र सङ्घीय बजेट सन्तुलन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ ।

    यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकाको हिस्सा बनाउने चाहना अनुरूप जसरी पनि यसलाई प्राप्त गर्ने दाबी गर्नुभएको छ । ट्रम्पले मेक्सिकोको खाडीलाई अमेरिकाको खाडी नामकरण गर्ने आफ्नो साहसी कार्य हुने बताउनुभएको छ । यस्तै उहाँले एलन मस्कको सक्रियतामा विभिन्न क्षेत्रको लागत कटौती र विश्वभरका सहायता कार्यक्रमहरूको अन्त्यको कामको प्रशंसा गर्नुभएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट