logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध

    1.2KShares
    थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध

    काठमाडौं । थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो ।पाइप फुटेर सडक अवरुद्ध हुँदा सवारीसाधनसँगै पैदलयात्रीको आवागमनमा समेत असर परेको छ ।

    पाइप किन फुट्यो भन्ने पत्ता लागिसकेको छैन । यसअघि बबरमहलमा पनि मेलम्चीको पाइप फुट्दा सो क्षेत्र जलमग्न भएको थियो ।

    आज फेरि थापाथली क्षेत्रमा मेलम्चीकै पाइप फुटेको छ तर यहाँ पाइप फुट्नुको कारण भने खुलिसकेको छैन । मेलम्ची र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अधिकारीहरु सम्पर्कमा आएका छैनन् ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट