logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • स्ववियु निर्वाचनको लागि आज संगठनहरु दर्ता हुने

    886Shares
    स्ववियु निर्वाचनको लागि आज संगठनहरु दर्ता हुने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज संघ र संगठन दर्ता हुँदै छ ।

    आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ र संगठन दर्ताको कार्यक्रम राखिएको हो ।
    त्यसपछि २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

    २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ ।
    प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट