logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • कुलमानले जवाफ दिँदै भने- पटकपटक स्पष्टिकरण सोध्दै दुःख र हैरानी दिए

    949Shares
    कुलमानले जवाफ दिँदै भने- पटकपटक स्पष्टिकरण सोध्दै दुःख र हैरानी दिए

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पटकपटक स्पष्टीकरण सोधेर हैरानी पार्न खोजिएको भन्दै ऊर्जामन्त्री दीपक खड्काको आलोचना गरेका छन् ।

    मन्त्री खड्काले सोधेको स्पष्टिकरणको लिखित जवाफ दिँदै घिसिङले मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएको आफूलाई हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रालयलाई र मन्त्रीलाई नभएको समेत प्रष्ट पारेका छन् । उनले राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा उल्टै पटकपटक स्पष्टिकरण सोधेर दुःख र हैरानी दिएकोमा असन्तुष्टि जनाएका छन् ।

    आफूमाथि जसरी पनि कारवाही गर्ने नियतले विदा स्वीकृतिलगायतका नियमित र अनिवार्य प्रशासनिक काममा समेत बाधा उत्पन्न गरेको स्पष्टीकरणमा उल्लेख गरेका छन् । पदबाट किन नहटाउने रु भनी सोधिएको दोस्रोपटकको स्पष्टीकरणको जवाफ कुलमानले ६ वटा बुँदामा दिएका छन् ।

    ‘म नेपाल सर‌कार मन्त्रीपरिषदको मिति २०७ड।ण्द्ध।द्दछ को निर्णायानुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ ९ज्ञ० बमोजिम ४ वर्षको निम्ति नियुक्त भएको हुँ। निवेदकलार्इ सेवाबाट हटाउने विषयमा स्पष्‍टिकरण सोध्‍ने र कारवाही गर्ने अधिकार कानून व्याख्‍या सम्बन्धी ऐन, द्दण्ज्ञण् को दफा ज्ञट, नेपाल सरकारको कार्य सञ्‍चालन नियमावली, २०टद्ध को नियम द्दज्ञ ९अनुसूची (ज्ञ को क्र।स। ३३० र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधासम्बन्धी विनियमावली, द्दण्टज्ञ को विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्दछु’, उनले लेखेका छन् ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट