विराटनगर । ताप्लेजुङमा केबलकार निर्माण गरिनु पर्छ र भन्नेहरू र केबलकार बन्न हुँदैन भन्नेहरूका बिचमा दिनहुँ प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।आज बिहान ५ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
निषेधाज्ञा जारी भएका स्थानमा ५ जना भन्दा बढी भेला हुन पाइने छैन । निषेधाज्ञा जारी भएको स्थानमा जुलुस धर्ना र सभा समेत गर्न रोक लगाइएको छ ।स्थानीय प्रशासन ऐन २०२८ संशोधन सहितमा भएको व्यवस्था अनुसार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुंगलिंग नगरपालिका बजार क्षेत्रको पूर्व सल्लेरी, पश्चिम घोडे चौर, उत्तरमा उकाली पानी र दक्षिणमा शेर्पा टोल सम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
यस्तै केबलकार निर्माण भइरहेको स्थान काफ्ले पाटी क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ । केही दिन यता ताप्लेजुसंगमा नो केबलकार पक्षले केबलकार निर्माणको विरोधमा आन्दोलन गर्दै आएको छ।नो केबलकार निर्माणको पक्षमा आन्दोलन सुरु भए पनि केबलकार निर्माण गर्नु पर्ने माग राख्दै स्थानीयले पनि आन्दोलन हुन थालेका छन् । दुवै पक्षले आन्दोलन थालेपछि केही स्थानमा झडप समेत हुन थालेको छ ।आजदेखि नो केबलकार पक्षले फुंगलिंग नगरपालिका घेराउको कार्यक्रम राखेका छन् । घेराउका क्रममा हुन सक्ने सम्भावित झडपलाई लिएर निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया