काठमाण्डौ । च्याम्पियन्स ट्रफीमा आज अफगानिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । पाकिस्तानको कराचीमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ बजे शुरू हुनेछ ।
दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् । पाकिस्तान, भारत, बङ्गलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा र अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी’ मा छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ मा हुनेछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया