logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि फागुन मसान्तसम्म निवेदन दिन सकिने

    1KShares
    प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि फागुन मसान्तसम्म निवेदन दिन सकिने

    काठमाण्डौ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन खुलेको छ । आउँदो आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगार नागरिकले यही फागुन मसान्तसम्म निवेदन दिन सक्ने श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार न्यूनतम रोजगारमा संलग्न भई सामुदायिक विकास निर्माणका काममा योगदान दिन इच्छुक नागरिकले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । निवेदनको ढाँचा र थप जानकारी पालिकाको रोजगार सेवा केन्द्र तथा श्रम मन्त्रालय र प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

    निवेदनका साथ नागरिकताको प्रतिलिपि, तस्वीर, कुनै सिपमूलक तालिम लिएको भए त्यसको प्रमाणपत्र, एकल महिला वा अपाङ्गताको प्रमाण खुल्ने कागजात अनिवार्य गरिएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट