logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • बालेनले भने स्कुल बाहेकका गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ

    934Shares
    बालेनले भने स्कुल बाहेकका गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् ।प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौं महानगर वडा नम्बर २७ ले बुधबार काठमाडौंको रानीपोखरी परिसरमा आयोजना गरेको पि. एल. सिंह स्मृति चित्रकला प्रतियोगिता कार्यक्रममा प्रमुख शाहले अतिरिक्त क्रियाकलापले विद्यालय स्तरका बालबालिकाको चौतर्फी विकासमा योगदान पुग्ने भएकाले बाल सिर्जनाका कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको बताए ।

    उनले भने,‘कक्षा कोठाभन्दा बाहिर आयोजना गरिने कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक, चारित्रिक तथा सामाजिक विकासमा प्रभावकारी भूमिका खेल्छन् ।’

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आज वडा नम्बर २७ ले रानीपोखरी परिसरमा आयोजना गरेको ‘पि. एल. सिंह स्मृति चित्रकला प्रतियोगिता’ को उद्घाटन गर्दै उनले खुल्ला स्थानमा हुने चित्रकला क्रियाकलापको प्रसङ्गमा भने,‘यो प्रतियोगिता नभइ प्रदर्शनी जस्तो हो । यसमा सबै बालबालिकाको समान सहभागिता हुन्छ । सबैले समान प्राप्तिको महसुस गर्छन् ।’

    सबै मान्छे क्रिएटिभ हुन्छ त र विण्डो चाहीँ बन्द भएर बसिराखेको हुन्छ । पेटिङ, म्युजिक र पोइट्रीले सिर्जनालाई खोल्ने प्रयास गर्दै जान्छ ।’ मेयर शाहले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरूलाई सिकाउन जरुरी रहेको समेत बताए ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार