logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

    1.1KShares
    कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकेको कोहलपुर नगरपालिका–११ को अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको करिब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित छ ।

    संघीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यसहित बाँकेका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले आइतबार प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटेर जग्गा फिर्ता गराइदिन आग्रह गरेका थिए । सोही क्रममा प्रधानमन्त्रीले अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

    जिल्लास्थित सर्वदलीय बैठक बसी अतिक्रमित जग्गामा बनेका घर टहरा हटाउन गरिएको आग्रहका आधारमा गृह मन्त्रालयबाट सूचना प्रकाशन भइसक्दा पनि अतिक्रमण गर्ने पक्षले घर टहरा नहटाएकाले उच्चस्तरीय पहल लिइदिन प्रधानमन्त्री ओलीलाई प्रतिनिधिमण्डलले माग गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ २७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार