logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • ४ महिनामा सरकारको आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च

    1.1KShares
    ४ महिनामा सरकारको आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च

    काठमाडौं । चालु आर्थिक वर्ष ९आव०को ४ महिनामा सरकारले आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको ४ महिना अर्थात् कात्तिक मसान्तसम्म सरकारले ३ खर्ब ३३ अर्ब ३४ लाख आम्दानी र ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ खर्च गरेको हो ।

    चालु आवमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य तय गरेकोमा समीक्षा अवधिसम्म जम्मा लक्ष्यको २१।७२ प्रतिशत मात्रै आम्दानी गरेको हो । जसमध्ये सो अवधिसम्म सरकारले लक्ष्यको २३।१५ प्रतिशत कर आम्दानी, १२।७३ प्रतिशत गैरकर आम्दानी र ६।५३ प्रतिशत अनुदान आम्दानी गरेको महालेखाले जनाएको छ ।

    सरकारले चालु आवमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ कर आय, १ खर्ब ५४ अर्ब, ४१ करोड ६१ लाख गैर कर आय र ५३ अर्ब ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान आय गर्ने लक्ष्य राखेको थियो । त्यस्तै, समीक्षा अवधिमा सरकार चालु र वित्तीय व्यवस्थापन तर्फको खर्चको तुलनामा पुँजीगत खर्चमा निकै कमजोर देखिएको छ ।

    समीक्षा अवधिमा सरकारले ३ खर्ब २० अर्ब ९९ करोड २२ लाख रुपैयाँ सञ्चालन खर्च र १ खर्ब २२ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ वित्तीय व्यवस्थापन खर्च गरेको छ । सरकारले समीक्षा अवधिमा चालु खर्च र वित्तीय व्यवस्थापन खर्च वार्षिक लक्ष्यको क्रमशः २७।१८ र ३२।६७ प्रतिशत खर्च गरेको हो ।

    तर, सरकारले समीक्षा अवधिमा पुँजीगत खर्च भने लक्ष्यको ६।२१ प्रतिशत मात्रै खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवमा सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा समीक्षा अवधिसम्म जम्मा २५ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ मात्रै खर्च गरेको हो ।



    फास्ट न्युज    
  • २०८२ मंसिर १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट