logo

२०८३ आश्विन १८ आईतवार

logo
  • २०८३ आश्विन १८ आईतवार
  • आजको प्रतिनिधिसभा बैठकमा अध्यादेश पारित गर्ने कार्यसूची रहेको

    1KShares
    आजको प्रतिनिधिसभा बैठकमा अध्यादेश पारित गर्ने कार्यसूची रहेको

    काठमाडौं । प्रतिनिधिसभा सभाको बैठक आज बस्दैछ।

    नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेदेखि बैठक सुरू हुनेछ।

    आजको बैठकबाट अध्यादेश पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ। सँगै अध्यादेशलाई अस्वीकार गर्न पेस भएका प्रस्तावहरुलाई पनि प्रस्तुन गर्ने कार्यसूची छ।

    अध्यादेश अस्वीकृत गर्न प्रतिपक्षी दलहरूका सांसदले प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ प्रस्ताव दर्ता गरेका छन्।प्रतिनिधिसभामा सत्तापक्षको बहुमत भएकाले त्यहाँबाट अध्यादेश सजिलै पास हुनेछ।

    राष्ट्रिय सभामा भने सत्तारूढ दलहरूको मतले मात्रै बहुमत नपुग्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादवको साथ खोजेका छन्।
    यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले त्यसबारेमा बिहीबार नै निर्णय गर्ने बताएको छ।



    फास्ट न्युज    
  • २०८१ माघ २४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट