logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • सभामुख घिमिरेले बोलाए प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक

    1.1KShares
    सभामुख घिमिरेले बोलाए प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाएका छन् । बैठक आज दिउँसो तीन बजे सिंहदरबारमा तय भएको सभामुखको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध गरिरहेका छन् । बिहीबार संसद बैठक बस्ने भएकोले त्यसअघि दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।

    कांग्रेसमा संसदीय दलको प्रमुख सचेतक श्याम घिमिरे, एमालेमा महेश वर्तौला, माओवादीमा हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपामा ज्ञानेन्द्र शाही प्रमुख सचेतक रहेका छन् ।



    फास्ट न्युज    
  • २०८१ माघ २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट