logo

२०८३ असार ८ सोमबार

logo
  • २०८३ असार ८ सोमबार
  • एकल आमाको सन्तानले आमाको नामबाट मात्र पनि नागरिकता लिन पाउने

    1KShares
    एकल आमाको सन्तानले आमाको नामबाट मात्र पनि नागरिकता लिन पाउने

             काठमाडौं । एकल आमाले हुर्काएका सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन सहज हुने गरी नागरिकतासम्बन्धी विधेयक संसदमा दर्ता भएको छ ।

    मंगलबार गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभामा दर्ता गराएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकले आमाको नामबाट नागरिकता लिन केही हदसम्म सजिलो बाटो खोलिदिएको हो।

    विधेयकमा कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएता पनि अहिले  सम्पर्कमा छैनन् भने त्यस्ता सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन पाउनेछन्।
    यसअघि नागरिकतासम्बन्धी ऐनमा यस्तो व्यवस्था थिएन। जसका कारण एकल आमाले हुर्काएका सन्तान नागरिकता लिनबाट बञ्चित भएका थिए। तर नागरिकता लिने व्यक्तिले बुवाको पहिचान नखुलेको स्वघोषणा भने गर्नुपर्नेछ।

    कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाण पत्र वा अन्य कुनै प्रमाण पत्रमा बाबुको नाम उल्लेख भएता पनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनि निजले स्वघोषणा गरेमा बाबुको पहिचान नभएको मानिनेछ र निजले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेछ।



    फास्ट न्युज    
  • २०८१ माघ १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट