logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • शेयर बजार साढे २४ अङ्कले बढ्यो, ९ अर्ब ४० करोड रुपैयाँको कारोबार

    961Shares
    शेयर बजार साढे २४ अङ्कले बढ्यो, ९ अर्ब ४० करोड रुपैयाँको कारोबार

    काठमाण्डाै । आइतबार र सोमबार घटेको सेयर बजार मंगलबार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से  २४.५० अङ्कले बढेर २ हजार ६ सय ५७.७७ विन्दुमा पुगेको छ । नेप्से दाेहाेराे अङ्कले बढेकाे दिन सबै समूहको शेयरमा वृद्धि भएकाे छ । सबैभन्दा धेरै विकास बैंक समूहको शेयर ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

    आज उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन दोल्ती पावर कम्पनीको शेयर भने झन्डै साढे ८ प्रतिशतले घटेको छ ।आज कारोबार रकम पनि बढेको छ । हिजो झन्डै ९ अर्बको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ९ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार