logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • माओवादीले विरोध जनाएपछि कर्णालीको प्रदेश सभा बैठक स्थगित

    880Shares
    माओवादीले विरोध जनाएपछि कर्णालीको प्रदेश सभा बैठक स्थगित

    काठमाडौं  कर्णाली प्रदेश सभामा नेकपा (माओवादी केन्द्र)संसदीय दलले आइतबारको बैठक अवरूद्ध गरेको छ।

    आइतबारको प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशनको पाँचौं बैठकमा माओवादी केन्द्रले आपत्ति जनाएर अवरोध गरेको हो।

    संसदीय दलका नेता राजकुमार शर्माले आफू नेतृत्वमा हुँदा कर्णाली समृद्धिको परियोजनाअन्तर्गत १० हजार जनालाई रोजगारी दिने लक्ष्यसहित अघि सारिएको कार्यक्रममा सरकारले वास्ता नगरेको भन्दै आपत्ति जनाएका हुन्।

    व्यक्तिगत र दलगत रूपमा समझदारी गरिएको उक्त विषयलाई सरकारले वर्तमान सरकारले बेवास्ता गरेको उनले बताए।
    संसद चल्न नदिने भन्दै माओवादी सांसदहरूले उभिएर विरोध जनाएपछि संसद स्थगित भएको छ।



    फास्ट न्युज    
  • २०८१ माघ १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट