काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रीहरूको पद सुरक्षित नरहेको बताएका छन् । खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यबस्थापन विभागको समन्वयमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (FEDWASUN) ले आयोजना गरेको खानेपानी तथा सरसफाइ पैरवी राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी र सरसफाइ क्षेत्रलाई राजनीतिक नेतृत्वले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको हो । साथै, उनले राजनीति व्यक्तिहरुले बोलिबचनमा प्रतिबद्घ हुनुपर्ने बताए । उनले आफू जति दिन पदमा बसिन्छ त्यो समयमा इमानदारी पूर्वक काम गर्ने बताए । उनले युवामाथि नागरिकको विश्वास रहेको बताए । साथै राजनीतिक व्यक्तिहरुले जनताको कुरा कार्यान्वयन गर्नकै लागि अगाडि बढ्नुपर्ने बताए ।
त्यसैले हामी राजनीति व्यक्तिहरुले बोलिबचनमा प्रतिबद्घ हुनुपर्छ । हामीले जनताको सपना बोकेर राजनीतिमा आउनुपर्छ, र आएका पनि छौं । जनताको कुरा कार्यान्वयन गराउनका निम्ती हामीले अगाडि बढ्नुपर्छ ।’
नेपालले खानेपानी र सरसफाइ क्षेत्रमा महत्त्वपूर्ण प्रगति हासिल गरेको उहाँले जानकारी गराउनुभयो । करिब २०० स्थानीय तहले दीर्घकालीन खानेपानी तथा सरसफाइ योजना बनाइसकेको, १२० स्थानीय तहले खानेपानी तथा सरसफाइ सम्बन्धी ऐन पारित गरी वास युनिट स्थापना गरेको उहाँले जानकारी गराउनुभयो ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको डाटा अनुसार २७ प्रतिशत नेपालीले मात्र सुरक्षित खानेपानीको पहुँच पाएको र करिब ७३ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइको पहुँच सुनिश्चित गर्न बाँकी रहेको पनि जानकारी गराउनुभयो ।
यसैगरी उनले सरसफाई तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलन गर्न प्लान गर्नुपर्ने बताए । उनले हरेक दिन, हप्ता र महिनामा प्लान गरेर शिखर सम्मेलन गर्न सके मात्र सफल हुने बताए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया