logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

    706Shares
    मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

    चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोला नजिक आज बिहान खसेको सुख्खा पहिरो पन्छाइएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।

    आज बिहान माथिबाट अचानक ढुङ्गासहित ठूलो सुख्खा पहिरो खसेपछि देशकै व्यस्त सडक खण्डमध्ये एक मानिने उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण सडकमा सवारी साधन लामो समय रोकिँदा यात्रुहरूले सास्ती व्यहोर्नुपरेको थियो ।

    सडक डिभिजन कार्यालय भरतपुरका साइट सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो खस्नेबित्तिकै हेभी इक्विपमेन्ट तथा आवश्यक मेशिन परिचालन गरी हटाउने काम सुरु गरिएको थियो । निरन्तर प्रयासपछि सडकमा थुप्रिएको ढुङ्गा र माटो हटाएर आवागमन पुनः सञ्चालनमा ल्याइएको हो ।

    हाल सडकमा सवारी आवागमन सहज रूपमा भइरहेको छ । तर, उक्त क्षेत्रको कमजोर भौगोलिक अवस्थाका कारण बेलाबेला सुख्खा पहिरो खस्ने जोखिम रहने भएकाले चालक तथा यात्रुलाई सतर्कता अपनाउन सडक विभाग र स्थानीय प्रशासनले आग्रह गरेका छन् ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट