logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • संसद् भवनमा आक्रमण गर्नेलाई ट्रम्पले दिए आममाफी, जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था खारेज

    967Shares
    संसद् भवनमा आक्रमण गर्नेलाई ट्रम्पले दिए आममाफी, जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था खारेज

    वासिङटन डीसी । डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेसँगै केही महत्त्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन्। क्यापिटल वन एरिनामा ट्रम्पले चार वर्षअघि संसद भवनमा आक्रमण गरेको अभियोगमा सजाय काटिरहेकाहरूलाई आममाफी दिएको एपीले जनाएको छ।

    सोमबार राष्ट्रपतिको शपथ लिएपछि २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएको आक्रमणको घटनामा सजाय काटिरहेका १५ सय अभियुक्तहरूलाई माफी दिने निर्णयमा हस्ताक्षर गरेका छन्।

    त्यतिबेला राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न बसेको कंग्रेसको बैठकलाई बिथोल्न बैठक चलिरहेको हलमा प्रवेश गरी आक्रमण गरेका थिए।

    उनले अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्थाको समाप्त हुने विषयमा हस्ताक्षर गरेका छन्। ट्रम्पले अमेरिका र मेक्सिकोको सिमानमा राष्ट्रिय आपतकाल घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। यस्तो आदेशले अब त्यहाँ सेना पठाउन अनुमति दिने भनिएको छ।



    फास्ट न्युज    
  • २०८१ माघ ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट