logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन

    856Shares
    अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन

    काठमाडौँ |  अमेरिकामा शनिबार साँझदेखि अवरुद्ध भएको टिकटक पुन: सञ्चालनमा आएको छ । सोमबारबाट राष्ट्रपतिको पदभार सम्हाल्न लागेका डोनाल्ड ट्रम्पले ‘टिकटकलाई जोगाउने’ बताएपछि सेवा सुचारु गरिएको टिकटकले उल्लेख गरेको छ । टिकटकले ट्रम्पलाई नै देखाएर सेवा सञ्चालनमा ल्याएको हो ।

    राष्ट्रपति जो बाइडनको निवर्तमान प्रशासनले यसअघि नै कुनै पनि प्रतिबन्ध नलगाउने बताएको थियो ।

    टिकटकको चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैर–चिनियाँ क्रेताहरूलाई बेच्नका लागि समयसीमा नजिकिंदै गर्दा संयुक्त राज्य अमेरिकामा टिकटक शनिबार अबेर बन्द भएको थियो ।

    टिकटकसम्बन्धी अमेरिकी संघीय सरकारको कानुनलाई त्यहाँको सर्वोच्च अदालतले सदर गरेसँगै शनिबार साँझदेखि नै अमेरिकामा टिकटक चल्न छोडेको थियो । अदालतले शुक्रबार चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी सञ्चालन बिक्री गर्न वा आगामी आइतबारदेखि देशभर प्रतिबन्ध सामना गर्न सरकारले दिएको अल्टिमेटम सही भएको फैसला गरेको थियो ।

     



    फास्ट न्युज    
  • २०८१ माघ ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट