logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • भरतपुरमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बित

    955Shares
    भरतपुरमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बित

    काठमाडौं ७ माघ । चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास रोडमा युवकमाथि निर्घात कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) निलम्बित भएका छन्। भिडिओ सार्वजनिक भएपछि छानबिन गरेर घटनामा संलग्न अस्थाई प्रहरी बिट गणेशस्थान भरतपुरमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले बताए।

    घटना पुस १५ गते राति १०ः१० बजेको भएको पुष्टि भएको छ। कुटपिट गरिएका युवकको बारेमा पनि बुझ्ने काम भइरहेको डीएसपी महतोले नेपालखबरलाई बताए। घटनाको छानबिन गर्न सोमबार बिहान मात्रै डीएसपी महतोकै नेतृत्वमा समिति बनाइएको थियो।

    सेतो सर्ट र कालो पाइन्ट लगाएका अन्दाजी २५ वर्षका एक युवकलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ। सवारी चेकजाँच गर्ने क्रममा ती युवकमाथि कुटपिट भएको देखिन्छ। ड्युटीमा खटिएका प्रहरीले उनलाई लखेटि लखेटि लात्ति प्रहार गर्छन्। प्रहरीबाट जोगिन ती युवक भागे पनि अलि पर बिजुलीको पोल छेउमा लडाएर प्रहार गर्छन्। भिडिओ सार्वजनिक भएपछि प्रहरीको आलोचना भएको छ।



    फास्ट न्युज    
  • २०८१ माघ ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार