logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • पूर्व मुख्यमन्त्रीलाई मुक्का हान्ने पक्राउ

    862Shares
    पूर्व मुख्यमन्त्रीलाई मुक्का हान्ने पक्राउ

     विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।तथा नेपाली काँग्रेस कोशी प्रदेशका सभापति एंव नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका थापामाथि हातपात गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरिएको बताए ।

    एक जना भने विद्युत् प्राधिकरणका चालक रहेको केसीले बताउनु भयो ।थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिवार साँझ हातपात भएको थियो । भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि हातपात गरेको प्रहरीले जनाएको छ ।बा १ झ ६५३ नम्बरको गाडीमा सवार थापामाथि बा १ झ १८७० मा सवार एक समूहले हातपात गरेको प्रहरीले जनाएको छ । हातपातका क्रममा थापा घाइते भएका छन् ।



    फास्ट न्युज    
  • २०८१ माघ ६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट