logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • कांग्रेस नेता डा. कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबीच भेटवार्ता

    946Shares
    कांग्रेस नेता डा. कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबीच भेटवार्ता

    काठमाडौँ: नेपाली कांग्रेसका नेता डा शेखर कोेइराला र बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीबीच भेटवार्ता भएको छ । बेलायतको भ्रमणमा रहनुभएका डा कोइरालाले आज बिहान बेलायतको संसद् भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री क्लेभर्लीसँग भेटवार्ता गर्नुभएको डा कोइरालाको निजी सचिवालयले जनाएको छ ।

    कोइराला र क्लेभर्लीबीच भएको भेटमा नेपाल–बेलायतसम्बन्ध, आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा डा कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गर्नुभएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ ३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट