logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • ओली सरकार जनताबाट डराएको छ : प्रभु साह

    874Shares
    ओली सरकार जनताबाट डराएको छ : प्रभु साह

    काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशमार्फत शासन गर्न थालेको बताएका छन् । वर्तमान सरकारको गठन नै अप्रजातान्त्रिक, अप्राकृतिक, अपारदर्शी एवं अनैतिक तवरले भएको टिप्पणी उनको छ ।

    बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा धारणा राख्दै आजपा अध्यक्ष साहले सरकारले संसद्को बैठक नबोलाएर अध्यादेश मार्फत शासन गर्न थालेकोले दबाब दिन आवश्यक रहेको बताए । सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले रोकेको विषयलाई विपक्षी दलले गम्भीर ढङ्गले लिनुपर्ने उनले बताए ।

    ‘जनताबाट डराए कै कारण यो वर्ष प्रधानमन्त्रीले लोसार, माघे सङ्क्रान्ति जस्ता उत्सवका साथै एनपिएल तथा सार्वजनिक समारोहमा सहभागी हुन छाडेका छन् । सरकारले विकास भन्दा भ्रष्टाचारमा केन्द्रित छ । सरकार विपक्षीलाई तर्साउने, डराउने र फुटाउने खेलमा लाग्यो । त्यसैले संसद् अधिवेशन बोलाउन हामीले माग गर्नुपर्छ’ उनले भने ।

    सरकार विकासभन्दा भ्रष्टाचारमा केन्द्रित रहेको उनको भनाइ छ । सरकारले अहिले विपक्षीलाई तर्साउने, डराउने र फुटाउने खेलमा लागेको आरोपसमेत उनले बताए ।

    बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आम जनता पार्टी, नेसपासहित विपक्षी दलका नेता सहभागी थिए । बैठकको निर्णय बारेमा संयुक्त विज्ञप्ति जारी हुने बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८१ माघ २, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार