logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • आज तोल ल्होसार पर्व मनाइँदै

    928Shares
    आज तोल ल्होसार पर्व मनाइँदै

    काठमाडौं । पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार मंगलबार हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा मनाइँदैछ।

    तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ। ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ। त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ। तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ। सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ छ। तामाङ जातिले भने आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन्। तोल ल्होसार भुटान र तिब्बतका केही स्थानमा अहिले पनि मनाउने गरिएको छ।
    नुहाएर शुद्ध भै,घर लितपोत गरिन्छ आज । काशतर्फ गहुँको पीठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ। ठूला, बडा एवं मान्यजनबाट आशीर्वाद लिइ बाबरी रोटी, फुरौला, कन्दमूल खाने गरिन्छ।घरमूूलीबाट पूजा पाठ गरि मनाइन्छ ।



    फास्ट न्युज    
  • २०८१ पुष १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट