logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मडुरोको विमान कब्जामा लियो

    709Shares
    अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मडुरोको विमान कब्जामा लियो

    काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको विमान कब्जामा लिएको छ । अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मडुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो ।

    अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ । सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको बीबीसीले उल्लेख गरेको छ ।

    सो विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्ने बारेमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन । भेनेजुएलाले भने अमेरिकाले गैकानुनीरुपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ । साथै भेनेजुएला यस प्रकरणमा कानुनी कारबाही गर्न स्वतन्त्र रहेको बताएको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १८, मंगलवार ०५:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार