logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • बिद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै आजपाले मधेसमा आन्दोलन थप कडा बनाउँने

    850Shares
    बिद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै आजपाले मधेसमा आन्दोलन थप कडा बनाउँने

    जनकपुर ।जनमत पार्टी धनुषा जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष किशोरीप्रसाद ठाकुले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

    आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले ठाकुरलाई पार्टीमा प्रवेश गराएका हुन् । आजपा धनुषा जिल्लाको बैठक भईरहेको बेला ठाकुर जनमत पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका हुन् ।

    आजपा धनुषाका अध्यक्ष रामसागर महासेठको अध्यक्षतामा बसेको बैठकले पार्टीको दोस्रो स्थापना दिवस भव्यरुपमा मनाउँने निर्णय समेत गरेको छ । दलाल दलतन्त्र बिरुद्ध तेस्रो जनआन्दोलनको संकल्प सहित पार्टीको दोस्रो स्थापना दिवस भव्यरुपमा मनाउँने निर्णय भएको आजपा वरिष्ठ उपाध्यक्ष एवं मधेस प्रदेशका इन्चार्ज उपेन्द्र साहले जनाएका छन् ।

    यसैगरी बैठकले पार्टीको संगठन निर्माण, पार्टीद्धारा जारी बिभिन्न आन्दोलनका कार्यक्रम जिल्लामा समेत भव्यरुपमा गर्ने निर्णय गरेको छ । भ्रष्टाचार, अनियमितता, सरकारको मनोमानी कर आतंक, बैदेशिक रोजगारमा भईरहेको ठगी लगायतका बिरुद्धमा आजपाले आन्दोलन गर्दै आएको छ ।

    यस्तै आजपाले मधेसमा विद्यार्थीको अनुपातमा बिषयगत र तहगत शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै संघर्ष गर्दै आएको छ । सो आन्दोलनलाई कडा रुपमा मधेस प्रदेशमा गर्ने निर्णय बैठकले गरेको छ ।

    आजपा धनुषाका अध्यक्ष रामसागर महासेठको अध्यक्षता एवम वरिष्ठ उपाध्यक्ष तथा मधेस प्रदेश इनचार्ज उपेन्द्र साह, सह इन्चार्ज श्रीचन मुखिया, जिल्ला इन्चार्ज श्रीलाल महासेठ, ममता शर्मा, उपेन्द्र राय, ममता मंडल, सुरेन्द्र साह, राजकुमार सहनि र शलेन्द्र साह लगायतका नेताहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकले बिधार्थीको अनुपातमा शिक्षक दरबन्दीको लागी संघर्षका कार्यक्रम अगाड़ी बढ़ाउने निर्णय गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट