पोखरा । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । दुई दिन लगाएर लिइएको रविको बयान शुक्रबारबाट सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो ।
बयानका क्रममा उनले सहकारीको रकम उनी पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा गएकोबारे आफूलाई थाहा नभएको बताएका छन् ।बिहीबारदेखि उनी माथि बयान सुरु भएकोमा शुक्रवार सकिएको अदालतका स्रेस्तेदार राजन खनालले बताए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिएकाे थियाे ।
लामिछानेसँगै अहिलेसम्म पूर्व डीआइजी छविलाल जोशी र लिला पछाईंको बयान सकिएको छ । सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा अभियोग पत्र दायर गरेकाे छ ।सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया