logo

२०८३ आश्विन १८ आईतवार

logo
  • २०८३ आश्विन १८ आईतवार
  • तीनकुनेका जग्गाधनीले पचासौँ वर्षदेखि मुआब्जा पाएनन् : बालेन शाह

    1.1KShares
    तीनकुनेका जग्गाधनीले पचासौँ वर्षदेखि मुआब्जा पाएनन् : बालेन शाह

    काठमाडौ| काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन् ।
    शुक्रबार काठमाडौंमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताए ।

    ‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौँ वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो । यसपालि दुई तिहाइको सरकार छ र पनि केही गरेकै छैन’, उनले भने, ‘व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । मुआब्जा दिन चाँडै प्रक्रिया होस् भन्ने शुभकामना मात्रै दिन सकिन्छ ।’

    मेयर शाहले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमै रहँदा समेत मुआब्जा विवाद समाधान नभए कहिल्यै नहुने बताए ।

     



    फास्ट न्युज    
  • २०८१ पुष १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट