दार्चुला | मालिकार्जुन गाउँपालिका–४ देवधुराबाट ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले बिहीबार राति स्थानीय किराना तथा नास्ता पसलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ७ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया