logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

    862Shares
    गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

    हेटौंडा | गैंडाको खाक तस्करीमा संलग्न रहे जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोलीले गैंडाको खाक तस्करीको आशंकामा एकजनालाई पक्राउ गरेको हो ।

    मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ गरिएको व्यक्तिलाई नेपाली सेनाको टोलीले चितवनस्थित राष्ट्रिय निकुञ्जमै लिएर गएको छ। पक्राउ गरिएको व्यक्तिको नाम अझै खुलेको छैन ।

    को आरोपमा मकवानपुरको हेटौंडा-८ स्थित कालिका टोलबाट बिहीबार एकजना पक्राउ गरिएको छ।

    गोली चलेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयका अनुसार दुईवटा सरकारी नम्बर प्लेटको गाडीमा आएका समूहले पाँच राउन्ड गोली चलाएका थिए। घटनाका प्रत्यक्षदर्शीका अनुसार सेनाले अनावश्यकरुपमा गोली चलाएका थिए ।

    प्रत्यक्षदर्शीका अनुसार पक्राउ गरेको मानिसलाई बोरामा कोचेर राखिएको थियो । गोली चलेपछि स्थानीय त्रसित बनेका थिए । उनीहरुले सेनाको गाडीलाई रोकेर घटनाको विषयमा जानकारी लिन खोजेपछि सेनाले उल्टै उनीहरुमालाई नै बन्दुक तेर्साएका थिए । जसका कारण स्थानीयले उक्त गाडी जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहयोगमा नियन्त्रणमा लिएका थिए । स्थानीय र प्रहरीले गाडी नियन्त्रणमा लिएपछि सेनाको टोलीले स्थानीयसँग माफी मागेका थिए ।

    प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ, निकुञ्जका सुरक्षार्थ खटिएका नयाँ गोरख गणका उपसेनानी दीपक बाँस्कोटा नेतृत्वको टोली खाक तस्करको आरोपीलाई पक्राउ गर्न हेटौंडा आएका थिए ।



    फास्ट न्युज    
  • २०८१ पुष ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट