काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका छन् । केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल प्रमुख रहेको आर्थिक नीति तथा योजना विभाग सदस्यमा बिहीबार सदस्यहरू मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई सभापति देउवाले मनोनीत गरेका हुन् ।मनोनीत हुनेहरूमा प्रा. विनय कुसियत–धनुषा, प्रा.डा. रश्मी राजभण्डारी–काठमाडौं, डा. सुदन ओली–रोल्पा, डा. ईशा घर्ती–लम्जुङ, डा. रेवतबहादुर कार्की–ओखलढुंगा, डा. प्रताप छत्कुली–धादिङ, डा. राजेन्द्र बीर चन्द–कैलाली, अमरबहादुर रोकाय–सुर्खेत, राजकुमार त्रिपाठी(आर.के.)–धादिङ, होमप्रसाद घिमिरे–ललितपुर रहेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया