काठमाडौं । नेपाल पत्रकार महासंघले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ज्ञापन पत्र प्रदान गरेको छ । बुधबार एक विशेष समारोहकाबीच नवनिर्वाचित सदस्यहरलाई बधाई तथा ज्ञापन पत्र प्रदान गरिएको हो ।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधान ज्ञापन गर्न बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले बिभिन्न कालखण्डमा मुलुक समस्यामा पर्दा एमाले–कांग्रेसबीच सहकार्य भएको स्मरण गर्दै अहिले पनि मुलुकमा संकट देखिएकाले दुई दलबीच सहकार्य भएको बताएका छन ।
मुलुकको पहिलो र दोश्रो दल मिलेर सरकार बनाउनुलाई अन्यथा लिन नहुने उहाले बताए । उहाले एमाले–कांग्रेसबीचको सहमति सत्ताका लागि नभइ मुलुकको संकट समाधानका लागि भएको उल्लेख गर्नुभयो ।
पोखरेलले सञ्चार क्षेत्रले जवाफदेही भएर आफ्नो कतव्र्य निर्वाह गनुपर्नेमा सुझाव पनि दिएका छन्।
उहाले गलत सूचना प्रवाह गर्ने प्रवृतिलाई महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरेर नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया