logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

    985Shares
    काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

    काठमाडौं । भारतका चर्चित गायक सोनु निगम बुधबार नेपाल आइपुगेका छन् ।क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिनसोनु निगम अपरान्ह् काठमाडौं आइपुगेका हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे ।निगमको सांगीतिक समूहका सदस्यहरू भने बुधबार बिहानै तयारीका लागि आइसकेका छन् ।

    प्रशस्तै हिट नेपाली गीतसमेत गाइसकेका निगमलाई स्वागत गर्न आयोजक नेपाल टचका पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

    नेपाल टेकेपछि निगमले आफ्नो प्रस्तुति दिन आफू उत्साहित रहेको प्रतिक्रिया दिए । निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन् । झण्डै १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको कन्सर्टमा निगमले ३ घण्टा आफ्ना गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् ।

    कन्सर्टमा निगमले नेपाली चलचित्र ‘सिमाना’को चर्चित गीत ‘उकाली ओराली गर्दै’ लगायतका आधा दर्जन नेपाली गीत पनि गाउनेछन् ।

    कन्सर्टपछि निगम बिहीबार बेलुका भारत फर्किने तयारी छ । त्यसअघि उनले बिहीबार बिहान पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन् ।



    फास्ट न्युज    
  • २०८१ पुष १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट