logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • नेप्से परिसूचक २८ दशमलव ९१ अंकले बढ्यो

    910Shares
    नेप्से परिसूचक २८ दशमलव ९१ अंकले बढ्यो

    काठमाडौं|  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अंक अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय १२ दशमलव २० विन्दुमा पुगेको छ ।

    नेप्सेका अनुसार सोमबार विभिन्न तीन सय २८ कम्पनीका ८९ लाख आठ हजार आठ सय ५१ कित्ता शेयर ५५ हजार नौसय ३८ पटक खरिदबिक्री हुँदा चार अर्ब ४३ करोड २४ हजार छसय तीनमा कारोबार भएको छ ।

    बढेको बजारमा पनि लगानीकर्ता ८ अर्ब कम कारोबार गरेका छन् । नेप्से सूचक बढेर बजारमा हरियाली छाउँदा म्युचुअल फण्ड बाहेकका सबै समूहको उपसूचक बढेका छन् । यो दिन सबैभन्दा धेरै हाइड्रो समूहको सूचक बढेको देखिन्छ । यस समूहको सूचक ३।६५ प्रतिशतले बढ्दा विकास बैंक र फाइनान्स समूहको सूचक क्रमशः १.१५ र १।६७ प्रतिशतले बढेका छन्।

    अन्य समूहहरूको भने सामान्य वृद्धि देखिएको छ । म्युचुअल फण्डको उपसूचक भने आज एकैदिन ४.२१ प्रतिशतले घटेको हो ।

    कम्पनीगत रुपमा आज कारोबारमा आएका ३२८ वटा कम्पनी मध्ये १९४ वटा कम्पनीको मूल्य बढेका छन् भने ४२ वटा कम्पनीको घटेको छ । बाँकी ८ वटा कम्पनीको मूल्यमा भने कुनै फेरबदल भएन ।

    आज बढ्ने कम्पनीहरूमा सर्पोट माइक्रोफाइनान्स र सुपर मादी हाइड्रो अगाडि छन्। यी दुवै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, बराही हाइड्रो, बलेफी हाइड्रो र नेपाल हाइड्रो डेभलपर जस्ता कम्पनीले ९ प्रतिशत माथिको वृद्धि गरेका छन् ।

    घट्ने कम्पनीहरूमा आज मानुशी लघुवित्त अगाडि छ । यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको हो। यसका अलावा, कर्पोरेट डेभलपमेन्ट बैंक पनि ३.१६ प्रतिशतको गिरावटसँगै मूल्य घट्नेमा दोस्रो स्थानमा छ।

    कारोबारका आधारमा आज पनि जानकी फाइनान्स अग्रस्थानमा छ । यो कम्पनीको १८ करोडको कारोबार हुँदा जोशी हाइड्रोको ११ करोडको कारोबार दोस्रो स्थानमा छ ।



    फास्ट न्युज    
  • २०८१ पुष ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट