logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

    1.2KShares
    रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई फेरि म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको थियाे । पछिल्लोपटक थप गरिएको ४ दिनको म्याद सकिएपछि आज फेरि अदालत लगिएको हो । लामिछानेसँगै पूर्व डीआइजी छविलाल जोशी तथा जीबी राईका साझेदार रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाइ पनि अदालत लगिए।

    उनीहरुको म्याद थप सम्वन्धी बहस न्यायाधीस चन्द्रकान्त पौडेलको इजलासमा परेको छ । रवि–छाविलाई मुद्दा दायर गर्नुपर्ने हदम्याद पनि नजिकिएको छ । संगठित अपराधमा अनुसन्धान गर्दा प्रहरीले ९० दिनभित्र अदालतमा मुद्दा लैजानुपर्ने कानूनी प्रावधान रहेको छ ।

    एउटै मुद्दामा पक्राउ परेका व्यक्तिमध्ये सबैभन्दा पहिले पक्राउ परेको मितिबाट ९० दिन गणना हुन्छ । सबैभन्दा पहिले छविलाल जोशी ६ असोजमा पक्राउ परेका थिए । ६ असोजबाट गणना गर्दा आज ८० दिन पूरा भइसकेको छ । अब १० दिनभित्र प्रहरीले अदालतमा अभियोजन गर्नुपर्ने भएकाले सरकारी वकिल कार्यालयले अन्तिम तयारी गरिरहेको छ । मुद्दा दायर पश्चात अदालतले थुनछेक बहस गरेर रविलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिने, साधारण तारेखमा छोड्ने वा धरौटीमा छोड्ने निर्णय लिन सक्छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार