logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • रविलाई फेरि म्याद थपका लागि अदालत लगियो, मुद्दा दायर गर्नुपर्ने हदम्याद १० दिन बाँकी

    892Shares
    रविलाई फेरि म्याद थपका लागि अदालत लगियो, मुद्दा दायर गर्नुपर्ने हदम्याद १० दिन बाँकी

    काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई फेरि म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको छ । पछिल्लोपटक थप गरिएको ४ दिनको म्याद सकिएपछि आज फेरि अदालत लगिएको हो । लामिछानेसँगै पूर्व डीआइजी छविलाल जोशी तथा जीबी राईका साझेदार रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाइ पनि अदालत लगिएका छन् ।

    उनीहरुको म्याद थप सम्वन्धी बहस न्यायाधीस चन्द्रकान्त पौडेलको इजलासमा परेको छ । रवि–छाविलाई मुद्दा दायर गर्नुपर्ने हदम्याद पनि नजिकिएको छ । संगठित अपराधमा अनुसन्धान गर्दा प्रहरीले ९० दिनभित्र अदालतमा मुद्दा लैजानुपर्ने कानूनी प्रावधान रहेको छ ।

    एउटै मुद्दामा पक्राउ परेका व्यक्तिमध्ये सबैभन्दा पहिले पक्राउ परेको मितिबाट ९० दिन गणना हुन्छ । सबैभन्दा पहिले छविलाल जोशी ६ असोजमा पक्राउ परेका थिए । ६ असोजबाट गणना गर्दा आज ८० दिन पूरा भइसकेको छ । अब १० दिनभित्र प्रहरीले अदालतमा अभियोजन गर्नुपर्ने भएकाले सरकारी वकिल कार्यालयले अन्तिम तयारी गरिरहेको छ । मुद्दा दायर पश्चात अदालतले थुनछेक बहस गरेर रविलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिने, साधारण तारेखमा छोड्ने वा धरौटीमा छोड्ने निर्णय लिन सक्छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट