logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • तीनवटा संसदीय समितिको बैठक बस्दै

    886Shares
    तीनवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं ।  संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ ।

    बुधबार अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने बस्न लागेको हो ।

    बैठकमा समितिमा प्राप्त विधेयकहरु माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्रीसहितको उपस्थितिमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    साथै मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरुले व्यहोर्नु परेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ ।

    यस्तै,शिक्षा समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

    त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे कानून समितिकोम सभाकक्ष सिंहदरबारमा बस्ने छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूचि छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार