logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • गृहजिल्लामा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने ३ पहिचानवादी कार्यकर्ता पक्राउ

    865Shares
    गृहजिल्लामा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने ३ पहिचानवादी कार्यकर्ता पक्राउ

    काठमाडौं । गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरू र पहिचानवादीले कालो झण्डा देखाएका छन् ।आइतबार झापाको मेचीनगर इट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।

    दमकमा कालो झन्डा देखाउन खोज्ने केदार धिमाल, मात्रिका धिमाल र याम लोरिङ्देन लिम्बूलाई पक्राउ गरिएको छ ।

    प्रदेशको नाम कोशी राखेको भन्दै पहिचान पक्षधरहरुले विरोध गर्दै आएका छन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट