logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • एनपीएलमा आज पनि दुई खेल हुँदै

    940Shares
    एनपीएलमा आज पनि दुई खेल हुँदै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ ।

    आज (बिहीबार) को पहिला खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ ः१५ बजे सुरु हुनेछ ।जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् ।

    जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।

    यस्तै, आजको दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउसो १ बजे सुरु हुनेछ । काठमाडौंले यसअघि दुई खेल खेलेको थियो तर एउटा खेलमा मात्र जित हासिल गरेको थियो । सुदूरपश्चिमले पहिलो खेलमा नै जित हासिल गर्न सफल भएको थियो । काठमाडौं गुर्खाजको नेतृत्व करन केसीले गरेका छन् भने सुदूरपश्चिम रोयल्सको कप्तान दिपेन्द्र सिंह ऐर रहेका छन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट