धनगढी । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)ले आफैँमाथि गोली प्रहार गरेका छन्।
तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जसमेत रहेका असई किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली चलाएका हुन् । उनले बाँया छातीको माथिल्लो भागमा गोली चलाएका हुन् ।
आफैँले चलाएको गोलीबाट गम्भीर घाइते उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । घटनाबारे प्रहरीले अनुसधान गरिरहेको जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया