काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ पुगेको छ।
यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला १७५ रुपैयाँले वृद्धि भई ५ हजार ५५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया