logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • कम्बोडियाबाट फर्किए सभामुख घिमिरे

    988Shares
    कम्बोडियाबाट फर्किए सभामुख घिमिरे

    काठमाडौं । पाँचदिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् ।
    पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुगेका सभामुख थाई एयरको जहाजबाट मंगलबार साँझ काठमाडौं आइपुगेका हुन् ।
    त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले सभामुख घिमिरेको स्वागत गरे ।

    सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को ११औँ पूर्ण सत्रमा सहभागी हुन गएका सभामुख घिमिरेले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट गरेका थिए ।

    आफ्नो कम्बोडिया भ्रमण सफल रहेको उनले बताए ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १२, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट